Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआइसी एसिया बैंकको डेपुटी सीइओमा सुधिरनाथ पाण्डे नियुक्त

एनआइसी एसिया बैंकको डेपुटी सीइओमा सुधिरनाथ पाण्डे नियुक्त

काठमाडौं, १८ मंसिर । एनआई सी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुखकार्यकारी अधिकृतमा पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।

२०४६ सालमंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा एनआई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलता पूर्वक निर्वाह गर्दै आएका छन् ।

बैंकले मुलुकभर २६८ शाखा तथा २८१ एटीएमबाट करिब १४ लाखभन्दा बढि सेवाग्राहीहरु बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x