Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

केडीईसीएचमा स्वास्थ्य परिक्षण गराउदाँ नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई विषेश छुट

केडीईसीएचमा स्वास्थ्य परिक्षण गराउदाँ नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई विषेश छुट

काठमाडौं, १८ मंसिर । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द«मा विशेष छुट र सुविधा पाउने भएका छन् । आफ्ना सेवाग्राहीहरुलाई बैकिङ्ग सेवा संगै स्वास्थ्य सेवा पनि दिने उदेश्यले बैंकले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र (केडीईसीएच) संग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार केडीईसीएचले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई एक्स–रे बाहेक सामान्य अस्पताल शुल्कहरुमा २० प्रतिशत, सामान्य दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोंटिक्स तथा क्राउन ब्रिजहरुमा १० प्रतिशतको विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द« संगको सम्झौताले बैंकका कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने विश्वास बैंकले लिएको छ । नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x