Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थानीय तहको बजेटको ५० प्रतिशत रकम वाणिज्य बैंकमा, लगानी योग्य पुँजीको अभाव हटने अपेक्षा

स्थानीय तहको बजेटको ५० प्रतिशत रकम वाणिज्य बैंकमा, लगानी योग्य पुँजीको अभाव हटने अपेक्षा

काठमाडौं,१८ मंसिर । वाणिज्य बैंकहरूको मागअनुसार सरकारले स्थानीय तहको बजेटको ५० प्रतिशत रकम वाणिज्य बैंकहरुमा पुर्याएको छ । आर्थिक कार्यविधि संशोधन गर्दै स्थानीय तहसँग रहेको रकममध्ये ५० प्रतिशत बैंकमा जम्मा ब्यवस्था गरिएको हो । यस्तो व्यवस्थासँगै वाणिज्य बैंकको खातामा झण्डै साढे ३८ अर्ब रकम जम्मा भएको छ। स्थानीय तहहरुमा खोलेको वाणिज्य बैंकमा हिजो नै ३८ अर्ब ४६ करोड रुपैयाँ जम्मा गरिदिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यविधि संशोधन नगर्दा यसअघि स्थानीय तहको बैंक खातामा पैसा हालिदिने वित्तिकै भोलिपल्टै राष्ट्र बैंकको खातामा सारिहाल्ने ब्यवस्था थियो। यसरी सरकारी ढुकुटीमा पैसा बस्दा बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको बताउदै आएका थिए । सरकारले हरेक स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्नु पर्ने निर्देशन दिए पनि नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ७५३ वटा स्थानीय तहमध्ये ६७७ स्थानीय तहमा बैंक पुगेका छन्। बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं २ का चार वटा मात्रै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा पनि हालसम्म आठ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेको छैन । सो प्रदेशमा कूल ११९ स्थानीय तह रहेकामा गत असोज मसान्तसम्म १११ स्थानीय तहमा मात्रै बैंकका शाखा खुलेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८२ वटामा मात्रै बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन स्थानीय तह अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् ।

प्रदेश नं ५ का दुई स्थानीय तहमा बैंकको शाखा नपुगेको केन्द्रीय बैंकले जनाएको छ । कूल १०९ मध्ये १०७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् ।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा गत असोज मसान्तसम्म १५४ पुगेका छन् । त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत असोज मसान्तमा सात हजार १४ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x