जनता बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने
काठमाडौं, १९ मंसिर । जनता बैंकले समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको जनाएको छ । जस अन्तर्गत मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज “जनता मुद्दती निक्षेप” मा वार्षिक १२ प्रतिशत ब्याज दर कायम गरिएको बैंकले जनाएको छ ।
यस मुद्दती योजनामा ग्राहकहरुले न्यूनतम १ लाख रुपैयाँमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको जनाइएको छ । साथै यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको छ । र, उपरोक्त ब्याज दर यहि २०७५ मंसिर १९ गते देखि लागु हुने छ ।