कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा ज्योती बैंकको नयाँ शाखा

काठमाडौं, १९ मंसिर । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलालीमा रहेको नयाँ शाखाको बैंकका अध्यक्ष हरि चन्द्र खड्का र हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा कञ्चनपुरमा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैंक धनगढि, कैलालीका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्ने बैंकले जानकारी दिएको छ ।