गुडविल फाइनान्सको २३औं वार्षिक साधारण सभा
काठमाडौं, १४ मंसिर । गुडविल फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा पौष ७ गते बस्ने भएको छ । कम्पनीले उक्त साधारण सभामार्फत शेयरधनीहरुलाई १०.१९२ प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । गुडविलको हाल चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ ।