चार वर्षभित्र आठ हजार किलो मिटर सडक निर्माण गरिने  

काठमाडौं,२० मंसिर । भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुवीर महासेठले सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोडिने योजनाअनुसार सरकारले आगामी चार वर्षभित्र छ हजारदेखि आठ हजार किमी सडक निर्माण गरिने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री महासेठले यस्तो जानकारी संसदहरुलाई दिएका हुन

सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित क्षेत्रमा नै छलफल, अनुगमन र काम छिटो गर्ने विषयमा कुरा भइरहेको उनले समिति समक्ष जानकारी दिए समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका सात वटा राष्ट्रिय गौरवका आयोजनाहरु पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण सडक आयोजना, काठमाडौँ केरुङ, काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेलमार्ग निर्माणमा भइरहेको कार्य प्रगतिबारे जानकारी दिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *