ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा

काठमाडौं, २२ मंसिर । ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । कपुरकोट गाउँपालिका वडा नं ३, सल्यानमा रहेको नयाँ शाखा औपचारिक उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।

बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाइएको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *