Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

गतसाता सेयर बजारमा १० अंकको गिरावट, झन्डै दुई अर्वको कारोबार

गतसाता सेयर बजारमा १० अंकको गिरावट, झन्डै दुई अर्वको कारोबार

काठमाडौं, २२ मंसिर । साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिन नेप्से परिसुचक १०.०५ अंकले घटेको छ । यस साता जम्मा ७३,४८,२०९ कित्ता सेयर खरिद बिक्री हुँदा  झन्डै दुई अव बराबरको सेयर कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से १७.७३ दोहोरो अंकले घटेर ११३० को बिन्दुमा बन्द भई सुचक पछिल्लो ३ बर्षयताकै न्यूनतम विन्दुमा आइपुगेको थियो । आइतबार जम्मा दिन कुल १ सय ५६ कम्पनीको १४,४२,१३८ कित्ता शेयर खरिदबिक्री भएको थियो भने ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

त्यसैगरी साताको दोस्रो दिन सोमबार बजारले लगानीकर्ताहरुलाई झिनो आसा देखाएको थियो सो दिन नेप्से परिसुचक ०.९० अंकले बढेर १,१३१.७३ अंकमा बन्द भएको थियो । साताको तेस्रो दिन मंगलबार भने नेप्से परिसुचक १०.२७ अंकले बढेर १,१४२.०१ विन्दुमा बन्द भएको थियो । सो दिन ३८ कारोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

यस्तै बुधबार बजारमा पुन भारी अंकले गिरावट देखिएको थियो । उक्त दिन नेप्स परिसुचक २२.० अंकले घटेर १११८.१९ अंकमा बन्द भएको थियो । भने ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।साताको अन्तिम दिन सेयर बजारमा केही सुधार देखिएको थियो । बिहिबार नेप्से परिसुचक २.७० अंकले बढेर १,१२०.८४ बिन्दुमा बजार बन्द भएको थियो । उक्त दिन कुल १ सय ६२ कम्पनीको १३,७४,३४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यो साता कारोबार भएका ५ दिनमा ४ दिन नेपाल बैंकले कारोबारमा अग्रता लिएको थियो भने १ दिन एनएमबी बैंकको कारोबार उच्च भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x