Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रले तोक्यो विद्युतिय कारोबार रकमको सिमा

राष्ट्रले तोक्यो विद्युतिय कारोबार रकमको सिमा

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारको रकममा सिमा लगाएको छ । राष्ट्र बैंकबाट विद्युतिय कारोबार गर्न स्विकृति प्राप्त संघसंस्थाहरुलाई सो निर्देशन लाग्ने छ ।

बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड र मोवाइल बंैकिङ तथा इन्टरनेट बंैकिङ सेवा लगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोवारलाई राष्ट्र बैंकले अनुमति दिएको छ । क्रेडिट कार्डबाट नगद कारोवार गर्न रोक लगाए पनि ग्राहकलाई नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २० प्रतिशतसम्म झिक्न पाइने व्यवस्था मिलाएको छ । यस्तै प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सकिनेछ । प्रिपेड कार्डबाट नगद झिक्दा प्रति कारोवार न्यूनतम पांँच सय देखि पांँच हजार रुपैयाँसम्म वा प्रति महिना अधिकतम पच्चीस हजार रुपैयाँसम्म नगद झिक्न पाइनेछ ।

डेबिट काडबाट नगद कारोवार गर्दा न्यूनतम प्रति कारोवार पाँच सय देखि अधिकतम पच्चीस हजार रुपैयाँसम्म झिक्न पाइने जनाइएको छ । यस्तो कारोवार प्रति दिन ४ वटासम्म कारोवारका दरले अधिकतम एक लाख रुपैयाँसम्म कारोवार गर्न पाइनेछ । तर, बंैक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन सक्नेछन् । साथै, यस्तो कारोवारमा लिने सेवा शुल्क उपयुक्त माध्यममार्फत् सार्वजनिक गर्नुपर्नेछ ।

मोवाइल बंैकिङबाट भुक्तानी कारोवार गर्दा एक पटकमा बढीमा पांँच हजार रुपैयाँ सम्म वा प्रति दिन अधिकतम दश हजार रुपैयाँ सम्मको कारोवार गर्न पाइनेछ । तर, मासिक रुपमा पचास हजार रुपैयाँ भन्दा बढीको भुक्तानी कारोवार गर्न पाइने छैन । इन्टरनेट बंैकिङबाट भुक्तानी कारोवार गर्दा दैनिक एक लाख रुपैयाँसम्मको कारोवार गर्न सकिनेछ । तर, मासिक रुपमा अधिकतम पाँच लाख रुपैयाँ भन्दा बढीको भुक्तानी कारोवार गर्न पाइनेछैन । इन्टरनेट बंैकिङको माध्यमबाट बंैक तथा वित्तीय संस्थाहरुको खातामा ट्रान्सफर गर्दा एक पटकमा एक लाख रुपैयाँ र मासिक रुपमा दश लाख रुपैयासम्मको कारोवार गर्न वाधा पुगेको मानिने छैन ।

भुक्तानी सेवा प्रदायकबाट सञ्चालित गरेका भुक्तानी सम्बन्धी कार्यको लागि नगद वा ट्रान्सफर गरी रकम जम्मा गर्न सक्नेछन् । नगद जम्मा गर्दा सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्टमार्फत् पनि गर्न सकिनेछ । यसरी हुने कारोबारमा दिनको एक पटकमा अधिकतम पाँच हजार रुपैयाँसम्म नगद जम्मा गर्न सकिनेछ । प्रति दिन अधिकतम पन्ध्र हजार रुपैयाँ र मासिकरुपमा अधिकतम पच्चिस हजार रुपैयाँसम्म रकम जम्मा गर्न सकिनेछ ।

भुक्तानी प्रयोजनको लागि बंैक तथा वित्तीय संस्थामा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाले एक खाताबाट अर्काे खाताम रकम ट्रान्सफर गर्न सकिनेछ । बंैक तथा वित्तीय संस्थामा रहेको खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्दा प्रति कारोवार एक सय देखि अधिकतम पांँच हजार रुपैयाँसम्म र प्रति दिन पन्ध्र हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिनेछ । बंैक तथा वित्तीय संस्थाहरुमा रहेका खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेका वालेटमा सोही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा पचास हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइनेछ । साथै, उक्त रकम ट्रान्सफर गरिएकै दिन जुन प्रयोजनका लागि ट्रान्सफर गरिएको हो सोही प्रयोजनको लागि भुक्तानी गर्नु पर्नेछ ।

यस निर्देशन बमोजिम बंैकको स्वीकृत लिई सञ्चालन गरिएका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरु मर्मत सम्भार, स्तरवृद्धि वा अन्य कार्यकवा अन्य कार्यको सिलसिलामा अस्थायी वा स्थायी रुपमा बन्द गर्नुपर्ने भएमा यस बंैककोपुर्व स्वीकृति लिनुपर्नेछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x