Shangrila

बुटवल पावर कम्पनीद्वारा २८ प्रतिशत लाभांश वितरणको प्रस्ताव

काठमाडौं, २३ मंसिर । बुटवल पावर कम्पनीले २८ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको गतशुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी २८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश आगामी पुस २७ गते हुने कम्पनीको वार्षिक साधारण सभामा पेश गरिने छ । साधारण सभा कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा हुनेछ । साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गर्न जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *