Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

पाण्डे र रौनियार विरुद्धको मुद्धामा निर्माण व्यवसायी महासंघको आपत्ति

पाण्डे र रौनियार विरुद्धको मुद्धामा निर्माण व्यवसायी महासंघको आपत्ति

काठमाडौं, २४ मंसिर । विकास निर्माणको क्रममा अनियमितता गरेको आरोप सहित दुई ठुला ठेकेदार कम्पनी माथि मुद्धा दायर भएको छ । सिक्टा सिंचाई आयोजना निर्माणको क्रममा अनियमितता गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि मात्र कालिका कन्सटक्सका अध्यक्ष एवं पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

त्यस्तै गत महिना निर्माण कार्यक्रम कमसल सामानको प्रयोग गरेको लगायतका अन्य विभिन्न आरोप सहित पप्पु कन्सटक्सन पूर्व अध्यक्ष एवं सांसद हरिनारायण रौनियार र उनका छोरा (हालका कन्सटक्सनका अध्यक्ष) सुमित रौनियारलाई अख्तियारले मुद्धा दायर गरेको थियो ।

रौनियारलाई मुद्धा दायर गरेसँगै आपति जनाएको निर्माण व्यवसायी महासंघले पाण्डेलाई मुद्धा दायर गरेकोमा पनि आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरि हचुवाको भरमा पूर्वाग्रही भएर मुद्धा दायर गरेको आरोप लगाएको छ। महासंघले सिंगो निर्माण व्यवसायलाई नै ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप समेत लगाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x