Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा आज पनि दोहोरो अंकको सुधार

सेयर बजारमा आज पनि दोहोरो अंकको सुधार

काठमाडौं, २४ मंसिर । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजार उकालो लागेको छ। कारोबार सुरु भएदेखिनै बढ्न थालेको बजार १२.४९ अंकले बढेर ११४४.१९ को बिन्दुमा पुगेको छ ।

साताको पहिलो कारोबार दिन हिजो बजार १० अंकले उकालो चढेको थियो । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा यो साताको दुई कारोबार दिन नै बढेको हो ।

आज उत्पादन तथा प्रशोधन र अन्य बाहेक अरु सबै समूहको परिसूचक उकालो लागेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.५१ र अन्य समूहको परिसूचक २.७९ अंकले घटेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ९८.६९ अंकले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूह ७२.०५, होटल २३.८७, माइक्रोफाइनान्स १८.०८, विकास बैंक १४.८ र बैंकिङ समूहको परिसूचक १३.४३ अंकले बढेको छ।

१ सय ६३ कम्पनीको ४३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर किनबेच भएको छ। बैंकले हिजो मात्र ४० प्रतिशतका दरले लाभांश दिने निर्णय गरेको थियो ।

त्यस्तै सबैभन्दा धेरै कमाउनेमा राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थानका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x