२०.७९ प्रतिशत लाभांश वितरण गदै नेरुडे लघुवित्त वित्तिय संस्था
काठमाडौं, २५ मंसिर । नेरुडे लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.७९ प्रतिशत लाभांश भएको छ । प्रस्तावित लाभांश वितरण गर्नका लागि संस्थाले पुस २० गते उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस ५ गते देखी पुस २१ गते सम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ३४ बरोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ ।