Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनता बैंक नेपालले आफ्ना सेयरधनीहरुलाई ८.५०५ नगद लाभांश दिने

जनता बैंक नेपालले आफ्ना सेयरधनीहरुलाई ८.५०५ नगद लाभांश दिने

काठमाडौं, २५ मंसिर । जनता बैंक नेपालले हाल बैंकको कायम रहेको चुक्ता पुँजीको ८.५०५ नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको २६७ औं संचालक समितिको आर्थिक बर्ष २०७४÷०७५ को मुनाफा समेतको रकम हाल कायम रहेको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँमा ८.५०५ नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित नगद लाभांश राष्ट्र बैंक स्वकिृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।

जनता बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड १९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जनताको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ भने १ सय २९ रुपैयाँ ३२ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x