Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

अनलाईन कारोबार शुरु, यसमा ग्राहक कसरी आवद्ध हुने ?

अनलाईन कारोबार शुरु, यसमा ग्राहक कसरी आवद्ध हुने ?

दिलु कार्की

काठमाडौं, २५ मंसिर । अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ । यदी नयाँ लगानीकर्ता भएका आफ्नो सम्पुर्ण व्यक्तिगत जानकारी अर्थात (KYC) सम्बन्धीत ब्रोकर कार्यलयमा दिनु पर्ने हुन्छ । त्यस पछि सम्बन्धीत ब्रोकरले लगानीकर्ताको युजरनेम र पासवर्ड प्रदान गर्नेछ । जसका लागि लगानीकर्ताको हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बर सहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनु पर्ने हुन्छ । त्यस पश्चात ब्रोकरले लगानीकर्ताको युजर नेम र पासवर्ड नेप्सेको सिस्टममा कनेक्ट गर्ने छ । सिस्टममा कनेक्ट भएपछि नेप्सेले युजर नेम र पासवर्ड लगानीकर्ताको इमेलमा पठाउने छ । लगानीकर्ताले आफ्नो इमेलमा प्राप्त भएको युजर नेम र पासवर्डलाई इन्टरनेटको पहुँच भएको जुन सुकै स्थानबाट पनि नेपाल स्टक एक्सचेन्ज नेप्से अनलाईन टेडिङ्ग सिस्टम खोलेर पहिला आफु अनुकुलको पासवर्ड परिवर्तन गर्नु पर्ने हुन्छ ।

लगानीकर्ताले नयाँ पासवर्ड परिवर्तन गरिसके पश्चात इमेलमा पुष्टिकरण कोर्ड (कन्र्फमेसन) आउँछ र त्यो कोर्ड राखेर नयाँ पासवर्डबाट आफ्नो व्यक्तिगत अनलाइन एकाउण्ड सुचारु गर्ने हुनेछ । त्यस पश्चात लगानीकर्ताले आफु अनुकुल पासवर्ड परिवर्तन गरेर शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

यसैगरि लगानीकर्ताहरु टे«डिङ्ग म्यानेनमेन्ट सिस्टम (टिएमएस )मा आवद्ध हुनका लागि ब्रोकर कम्पनी द्धारा प्राप्त भएको एकाउण्ड प्रयोग गरि टिएमएस प्रणालीबाट कारोबार गर्न सक्ने छन् ।


अनलाइन शेयर खरिद बिक्री आदेश दिँदा इन्टरनेटको मध्यमबाट लगानीकर्ताको हितग्राही खाता ब्रोकरका माध्यमबाट सिधै नेप्सेमा जोडिन्छ । नेप्सेले शेयर आदेशको तथ्याङ्क सङ्कलन गर्न सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्याङ्क सङ्कलन गरेपछि पुनः लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेमा पठाउँछ । त्यसपछि नेप्सेले उक्त आदेश पुनः ब्रोकर कम्पनीलाई पठाउँछ । त्यसैगरी ब्रोकरले नेप्सेको आदेश पाइसकेपछि बैंकमा जम्मा हुनुपर्ने २५ प्रतिशत ब्यालेन्स तथा हितग्राही खातामा शेयर भए नभएको जाँच गर्छ । लगानीकर्ताको बैंक खातामा ब्यालेन्स तथा बिक्रीकर्ताको हितग्राही खातामा शेयर भएको अवस्थामा लगानीकर्ताको आदेश अनुसारको शेयर हितग्राही खातामा जम्मा गरिदिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x