Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मञ्जुश्री फाइनान्सले वितरण गर्ने लाभांश ९५ प्रतिशतबाट २.९५ प्रतिशतमा झर्यो

मञ्जुश्री फाइनान्सले वितरण गर्ने लाभांश ९५ प्रतिशतबाट २.९५ प्रतिशतमा झर्यो

काठमाडौं, २५ मंसिर । मञ्जुश्री फाइनान्सले २.९५ प्रतिशत नगद वितरण गर्ने भएको छ । यसअघि घोषणा गरेको ९५ प्रतिशत नगद लाभांश दर घटाउदै कम्पनीले आफ्ना सेयरधनीहरुलाई २.९५ प्रतिशत मात्र लाभांश दिने भउको हो । कम्पनीले यसअघि गत वर्षको कमाईबाट ९५ नगद लाभांश वितरण गर्ने जनाएको थियो । तर, पूर्वघोषित सूचनामा अन्यथा भएको भन्दै मंगलबार सुचना प्रकासित गरि अब २.९५ मात्र नगद लाभांश वितरण मञ्जुश्रीले जानकारी दिएको छ । कम्पनीको असोज ५ गतेमै बसेको सञ्चालक समिति बैठकले ९५ नगद दिने निर्णय गरेको थियो । कम्पनीको एघारौं वार्षिक साधारण सभा पुस १६ गते हुँदैछ ।

यसै गरि कम्पनीको बार्षिक साधारण सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । हाल मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x