Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

२ दिन सकारात्मक रहेको सेयर बजारमा मंगलबार भने ३.०८ अंक गिरावट

२ दिन सकारात्मक रहेको सेयर बजारमा मंगलबार भने ३.०८ अंक गिरावट

काठमाडौं, २५ मंसिर । कारोबार शुरु भएको दिन आईतबार र सोमबार सकारात्मक रहेको सेयर बजार मंगलबार भने नकारात्मक देखिएको छ । लगानीकर्ताहरुलाई केही आसा देखाउदै गएको यस साताको बजार मंगलबार भने ३.०८ अंकले घटेर १,१४१.१० विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार कारोबार भएका कुल १६४ कम्पनीको १२,८६,५७५ कित्ता शेयर खरिद बिक्री हुँदा ३८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको भन्दा कारोबार रकममा आज ५ करोडले घटेको हो । सोमबार कुल सेयर कारोबार रकम ४३ करोड रुपैयाँ भन्दा बढी रहेको थियो । मंगलबार सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको आज १ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

यस्तै आज सबै भन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ४७ प्रतिशतले बढेको छ । साथै सबै भन्दा बढी मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् । जसको शेयर मूल्यमा ७ दशमलव २५ प्रतिशतले घटेको छ ।

मंगलबार १० वटा समुहको कारोबार भएकोमा उत्पादन तथा प्रशोधन समुह, फाइनान्स समुह र अन्य समुह परिसुचक बढेको छ भने अन्य ७ वटा समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x