Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

निक इलेक्ट्रोनिक टेक पुस ६ देखि

निक इलेक्ट्रोनिक टेक पुस ६ देखि

काठमाडौं, २६ मंसिर । विद्युतीय सामग्रीको बारेमा जानकारी दिने उद्धेश्यले आगामी पुस ६ देखि १० गतेसम्म ‘निक इलेक्ट्रो टेक, २०१८’ आयोजना गरिने भएको छ । नेपाल विद्युतीय व्यापार महासंघको आयोजनामा हुन लागेको मेलामा विद्युतीय सामग्रीसँग सम्बन्धित ७७ वटा स्टल रहने बताइएको छ ।

मेलाको प्रमुख आकर्षणमा नेपाल इकरात इञ्जिनीयरिङ कम्पनी (निक) ले उत्पादन गरेको ६६ केभी क्षमताको ट्रान्सफर्मर रहने छ । मेलामा स्वदेशी एवं विदेशी कम्पनीका विद्युतीय सामग्री तथा उपकरण राखिने मेलाका संयोजक सुदर्शनप्रसाद पौडेलले जानकारी दिए ।यस्तै मेलामा स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका प्रसारण तथा वितरण सामग्री, केबुल एवं कण्डक्टर, लाइटिङ र बहुसञ्चार उपकरणसहित विविध विद्युतीय उपकरणसमेत राखिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *