सेयर बजारमा १ सय ५६ कम्पनीको २६ करोड बढीको कारोबार
काठमाडौं, २६ मंसिर । बुद्यबार सेयर बजारमा झिनो अंकको बृद्धि देखिएको छ । आइतबार र सोमबार दुई दिन बढेको बजार मंगलबार घटेको थियो । तर बुद्यबार भने ०.०८ प्रतिशतले बढेको हो ।
बुद्यबार बजारमा हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन र जीवन बीमा समूहको परिसूचक बढ्यो भने बैंकिङ, होटल, विकास बैंक, नीर्जिवन बीमा र माइक्रोफाइनान्स समूहको परिसूचक घट्यो ।
एक सय ५६ कम्पनीको २६ करोड ८८ लाख बराबरको सेयर किनबेच भएकोमा आइएमई जनरल इन्स्योरेन्सको प्रमोटर सेयर सबैभन्दा धेरै किनबेच भयो । सोल्टी होटलका लगानीकर्ताकाले सबैभन्दा धेरै कमाए भने सिटिजन्स बैंक इन्टरनेशनलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
सोल्टी होटलले आगामी पुस २६ गते बस्ने बार्षिक साधारण सभामा १० प्रतिशत बोनस र १६.३१ प्रतिशत नगद गरि कुल २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गर्दै छ । यसका लागि बुद्यबार देखि बुक क्लोज भएको छ । त्यस्तै सिटिजन्सले पनि ५.२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।