Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

यी हुन नवनियुक्त ‘रिजर्भ बैंक अफ इण्डिया’ का गभर्नर दासको चुनौती

यी हुन नवनियुक्त ‘रिजर्भ बैंक अफ इण्डिया’ का गभर्नर दासको चुनौती

काठमाडौं, २६ मंसिर । भारत सरकारले केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ को गभर्नरमा शक्तिकान्त दासलाई नियुक्त गरेको छ । तत्कालिन गभर्नर ऊर्जित पटेलले राजिनामा दिएसँगै सरकारले नयाँ गभर्नर नियूक्त गरकेो हो । दास अर्थमन्त्रालयका आर्थिक मामिला विभागका पूर्व सचिव समेत हुन ।

आगामी तीन वर्षका लागि उनले केन्द्रीय बैंकको प्रमुखका रुपमा पदभार सम्हाल्नेछन् । सरकार र आरबीआईबीच खिचातानी भइरहेको, घरेलु अर्थतन्त्र सुस्ताएको र कयौं अनिश्चयले विश्व अर्थतन्त्र घेरिएको समयमा दासले रिजर्भ बैंकको जिम्मा पाएका छन् । तर उनको लागि यो जिम्मेवारी बहन सहज भने नहुने देखिएको छ ।

जानकारहरुका अनुसार दास सामु अहिले रहेको सबैभन्दा ठूलो चुनौती भनेको आरबीआईको साख जोगाउने नै हो । व्यक्तिगत कारण देखाएर पटेलले राजिनामा दिएको बताएका छन् । तर सरकारसँगको खिचातानी नै उनको राजिनामाको मुख्य कारण भएको बताइएको छ। यस्तो अवस्थामा दास सामु छिट्टै सरकारसँगको खिचातानी हटाएर केन्द्रीय बैंकको स्वायत्तता सुनिश्चित गर्नु पर्ने चुनौती छ ।

आफ्नो कार्यकालमा घरेलु र विश्व अर्थतन्त्रको आँकलन गरे मौद्रिक नीति निर्धारण गर्न र केन्द्र सरकारसँग सामञ्जस्य स्थापित गर्नु पनि दासको अर्को चुनौती हो । पछिल्लो समय आरबीआई नीतिगत ब्याजदर विस्तारै बढाइरहेको छ । यसको परिणामस्वरुप सरकारी बैंकलाई कर्जा लिन र दिन अलि अप्ठ्यारो भइरहेको छ । यसले अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । बैंकको एनपीए सुधार्न नीति ल्याउनु पनि दासको अर्को चुनौती हो । त्यस्तै दास सामु अर्को चुनौती महँगी नियन्त्रण हो ।

हालै विश्व बजारमा कच्चा तेलको भाउमा आएको कमीसँगै भारतमा पनि दैनिक उपभोग्य इन्धन सस्तो भएको थियो । योसँगै मुद्रास्फीति पनि घटेको छ । तर प्रमुख तेल उत्पादक राष्ट्रहरुले गरेको उत्पादन कटौतीपछि विस्तारै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने निश्चित छ । यस्तोमा महँगीलाई नियन्त्रणमा राख्नु पनि अर्को ठूलो चुनौती हुने अनुमान गरिएको छ ।
(भारतीय संचार माध्यमको सहयोगमा तयार)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x