Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साताको अन्तिम दिन सेयर बजार ७.६० अंकले बढ्यो

साताको अन्तिम दिन सेयर बजार ७.६० अंकले बढ्यो

काठमाडौं, २७ मंसिर । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.६० अंकले बढेर १,१४८.७८ को बिन्दुमा कारोबार बन्द भएको छ । आज कुल १ सय ५४ कम्पनीको ९,९७,६७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बिहिबार सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको ५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।त्यस्तै नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मूल्यमा ५.२५ प्रतिशतले बढेको छ । सबै भन्दा बढी सूर्योदय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् । संस्थाको सेयर मुल्य आज ३.५७१४३ प्रतिशतले घटेको छ ।

बिहिबार नेप्सेमा कारोबार भएका १० वटा समुह मध्ये होटल, फाइनान्स र अन्य समुहको परिसुचक बढेको छ भने अन्य ७ वटा समुहको परिसुचक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x