Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौंका विभिन्न पसलहरुमा सरकारी अनुगमन

काठमाडौंका विभिन्न पसलहरुमा सरकारी अनुगमन

काठमाडौं, २७ मंसिर । फुटपातका पसलहरु देखि ठुला सपिङ्ग महलहरुका व्यापारीहरुले दैनिक उपभोक्ताहरुलाई अत्याधिक ठगिरहेको अनुमानका आधारमा सरकारले बजार अनुगमनलाई तीब्र पारेको छ। काठमाडौंका पिपुल्सप्लाजा र बिसाल बजारका पसलहरु तथा कमलपोखरी, खिच्चापोखरी, सुन्धारा, ठमेल लगायतका क्षेत्रमा संचालनमा रहेका कपडा पसल, जुत्ता पसलहरुले ग्राहकहरुलाई कारोबारमा ठगेको पाईएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले मंसिर २४ गते देखि मंसिर २६ गते सम्म गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

विभागले पिपुल्स प्लाजाका श्री सोलुसन, क्लासिक कलेक्सन, क्यानटोल कलेक्सन, स्टे स्टाइल, फरएभर र बिसालबजारका आरएसए तृष्णा, अभिन्नदन, न्यू ज्योती इम्पेक्स, सुट क्लब लगायतका अन्य पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ति पसलहरुले सामानको मनोमानी मुल्य निर्धारण गरेको, खरिद बिक्रीको बिल उपभोक्ताहरुलाई नदिएको, व्यवसाय दार्ता नगराएको लगायत उपभोक्ताहित संरक्षण ऐन २०७५ मिचेको भेटिएको छ । विभागले ठगी गर्ने ति पसलहरुलाई ५ हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना तथा आवश्यक अन्य कारबाही गरेको जनाइएको छ ।

यसै गरी विभागले गरेको अन्य स्थानको अनुगमनमा व्यापारिक पसलहरुमा पनि अत्याधिक मात्रामा उपभोक्ताहरु ठगीएको भेटिए पश्चात करिब १ लाख भन्दा बढीको जरिवाना असुलि र उपभोक्ता ऐन अनुसारको कारबाही गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x