लगानीकर्ताको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने नेता गुरुङ्गको जोड
काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पर्टीका नेता देव प्रसाद गुरुङ्गले लगानीकर्ताको मागलाई सरकारले उचितरुपमा सम्बोधन गर्नुपर्ने जोड दिएका छन् ।
शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा ऐक्यबद्धता जानउदै नेता गुरुङ्गले लगानी कर्ताको माग संवोधन गर्न सरकारले पहल थाल्नु पर्ने बताए ।
शेयर लगानीकर्ता विगत पाँच दिनदेखि नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि धर्नामा छन् । “कहाँकहाँ कसरी सुधार गर्नुपर्छ भन्ने विषयमा हाम्रोतर्फबाट पहल हुन्छ । बजारको सुधार र विस्तारका लागि आवश्यक पहल गर्न आवश्यक छ । गुरुङ्गले भने । उनले शेयर लगानीकर्ताले शान्तिपूर्णरुपमा आफ्ना माग राखेको र बजार सुधारको आवाज उठाएको भन्दै यसभन्दा अगाडि बढेर अन्य विरोधका कार्यक्रम भने जरुरी नरहन सक्ने उल्लेख गरे ।
समस्याको सम्बोधनका लागि संवाद र सहमति नै उत्तम विकल्प भएको भन्दै त्यसबाट नै निकास खोज्न आग्रह गरे । बजार सुधारको माग राख्दै शेयर लगानीकर्ता विगत पाँच दिनदेखि स्टक परिसरमा धर्नामा छन् ।