Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

एनआइसी एसियाको साधारण सभा पुस ४ मा, १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव

एनआइसी एसियाको साधारण सभा पुस ४ मा, १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव

काठमाडौं, २८ मंसिर । एनआइसी एसिया बैंकले १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने छ । बैंकको उक्त प्रस्ताव पुस ४ गते हुने साधारण सभामा पेश गरिने छ ।

बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्नेछ । मंसिर १८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्ने बताइएको छ। बैंकले साधारण सभा गर्न मंसिर १९ गतेदेखि बुक क्लोज गरेको थियो ।

एनआइसी एसियाले बोनसमा ८० करोड ३१ लाख ११ हजार ७०० रुपैयाँ र नगद लाभांशमा ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ खर्च गर्न लागेको हो । साधारण सभा हेरिटेज गार्डेन ललितपुरमा बिहान ९ बजे हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x