कामना सेवाको नयाँ शाखा काठमाडौंको न्युरोडमा
काठमाडौं, २८ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको न्युरोडमा शाखा कार्यालय स्थापना गरेको छ । यो बैंकको ६१ औं शाखा कार्यालय हो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै यस बैंकको चुक्ता पूँजी भने २ अर्व ५० करोड २६ लाख रुपैयाँ रहेको छ ।