Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि विकास बैंकलाई ५ करोड ठग्ने बैंकका कर्मचारीसहित तीन जना पक्राउ

कृषि विकास बैंकलाई ५ करोड ठग्ने  बैंकका कर्मचारीसहित तीन जना पक्राउ

काठमाडौं, मंसीर १६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सेन्ट्रल इन्भेष्टिगेसन ब्युरो— सीआईबी)ले कृषि विकास बैंकको मुख्य शाखा न्यूरोडबाट अन्तरशाखा कारोबार हिसाब (क्लीयरिङ) को रकम पेन्डिङ भएको देखाएर ठगी गर्न खोज्ने बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ । बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई हानी पुर्याउने उद्देश्यले बैंकको मौज्दात रकम चार करोड ९१ लख हिनामिनामा संलग्न कृषि विकास बैंकको न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता रहेको सीआईबीले जनाएको छ ।
यससम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रका आधारमा सीआईबीले काठमाडौंका विभिन्न ठाउँबाट उक्त मौज्दात रकम ठगी गर्न खोज्ने तीन जनालाई पक्राउ गरी बिहीबार उच्च अदालत पाटनमा बुझाएको थियो । पाटन अदालतबाट पाँच दिनका लागि थुनामा राख्ने आदेशपछि उनीहरुमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भईरहेको सीआईबी प्रमुख प्रहरी उपमहानिरिक्षक प्रकाश कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका बस्ने ३२ वर्षीय दीपिका रेग्मी, तेह्रथुम सिम्ले गाविस—५ घर भई काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बस्ने प्रकाश घतानी र दोलाखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ६ घर भई काठमाडौं महानगरपालिका—३२ बस्ने रमेश कुमार थापा रहेका छन् ।
प्रहरीका अनुसार रेग्मीले कृषि विकास बैंकमा जम्मा गर्न ल्याइएका विभिन्न बैंकको इलेक्ट्रोनिक चेक क्लीयरेन्स मार्फत् सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिईसकेपछी उक्त भुक्तनी गरेबापत प्राप्त रिपोर्ट पुनः सम्पादन गरी गरी सोही चेकलाई प्रयोग गरी पुनस् इलेक्ट्रोनिक चेक क्लीयरेन्स मार्फत कृषि बिकास बैंकमा रहेको आफ्नो र आफन्तको खातामा जम्मा गर्ने गरेको र सो रकम सुनचादीँ लगायतका अन्य सामग्री किन्न प्रयोग गरेको खुल्न आएको छ। बैंकलाई हानी(नोक्सानी भएको रु चार करोड एकानब्बे लाख रुपैयाँ मध्ये केही रकम प्रकाश घतानीको कृषि बिकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सो बापत प्रकाश घतानीले सुनका गरगहना दिने गरेको खुल्न आएको छ । त्यस्तै,  रमेशकुमार थापाले बैंकलाई हानी-नोक्सानी पुर्याउने कार्यमा मुख्य संलग्नता देखिएको कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मिको सहयोगीको रुपमा काम गरेको खुल्न आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x