रोकियो मेलम्चीको काम, ठेकेदारसँग सरकारको वार्ता
काठमाडौं, ३ पुस । मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता इटालियन ठेकेदार कम्पनी सिएममसीले तोडेपछि खानेपानी आयोजनाको काम रोकिएको छ । रोक्किएको काम पुन संचालन गरि मेलम्चीको पानीलाई सुन्दरीजल सम्म समयमा नै ल्याउनका लागी खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास आयोजनाले इटालीयन ठेकेदार कम्पनीसंग वार्ता सुरु गरेको बताइएको छ।
८ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको ठेकेदार कम्पनीले भुत्तानी नगरेको कारण देखाई २ दिन अगाडी नै ठेक्का सम्झौता तोडेको पुर्व खानेपानी सचिव भिम प्रसाद उपाध्यायले बताए । आयोजनाले भने सम्पुर्ण काम सकिए पश्चात मात्र बाँकी भुक्तानी गर्ने बताएको पुर्व सचिव उपाध्यायले जानकारी दिए । अन्तराष्ट्रिय ठेक्का सम्झौता ऐनमा पनि ठेकेदार कम्पनीले भुक्तानी नपाए बाँकी भुक्तानीको ब्याज लिन पाउने तर ठेक्का सम्झौता तोड्न नमिल्लने उल्लेख गरिएको छ । सोही अनुरुप पनि अब सिएममसीले बाँकी रहेको काम सम्पन्न नगरे आयोजनाले ठेकेदार कम्पनीलाई अदालती मुद्धा तथा हर्जना तिराउने उपाध्यायले बताए । आयोजनाले ठेकेदार कम्पनीलाई ४० करोड रुपैयाँ भुत्तानी गर्ने बाँकी रहेको थियो । आयोजनले बाँकी भुत्तानी भने कम्पनीको काम सम्पन्नको निश्चित नदेखेको हुँदा नगरेको जनाएको छ ।
इटालियन ठेकेदार कम्पनी सिएमसीले चिनियाँ कम्पनीले छोडेको मेलम्ची खानेपानीको अधुरो कामलाई निरन्तरता दिएको हो । काम शुरु गरेको केही महिना देखी नै ठेकेदार कम्पनीले आफु घाटामा रहेको बताउदै आएको थियो । कम्पनीले आयोजनाको जटिल कामहरु सबै सम्पन्न गरिसकेको छ । कम्पनीले अन्तराष्ट्रिय स्तरका प्रविधिहरु जडान गर्ने लगायतका अन्य ९५ प्रतिशत भन्दा धेरै काम सम्पन्न गरिसकेको छ । फलामको गेट लगाउने, पानीलाई सुरुङ्ग तिर ल्याउने, बाध बनाउने, फिनिसिङ्गको काम लगाएतका अन्य सामान्य कामहरु बाँकी रहेको छ । हाल सम्म कम्पनीले बाँकी काम पनि सम्पन्न नगर्ने र बाँकी रहेको भुक्तानी रकम पनि नचाहीने जिकिर गरेको छ । जटिल कामहरु सकिएको हुँदा अब सरकारले समयमा नै जिम्मेवार नेपाली ठेकेदार कम्पनीहरुलाई बाँकी कामको जिम्मा दिए तोकिएको समयमा नै मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने पुर्व सचिव उपाध्यायको भनाई छ । उनी भन्छन् “ सबै अन्तराष्ट्रिय स्तरका प्रविधिहरु जडान र अन्य जटिल कामहरु सक्किएको छ, लगातार काम गर्ने हो भने ३/४ दिनमा नै काम सकिन्छ तर त्यसका लागी सरकार संग इच्छाशक्तिको आवश्यता छ । नभए यहि कारण देखाएर काम सुचारु भएन भने मेलम्चीको पानी सुन्दरी जल सम्म कहिले आउँछ टुङ्गो छैन् । ”
सरकारले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न विकल्प खोज्न आवश्यक रहेको छ । पहिलो प्राथमिकतामा सिएमसीलाई नै बाध्य बनाएर काम गर्न लगाउनु पर्छ । जसका लागी सरकारले सिएमसीका अन्य उच्च पदाधिकारीहरुसंग समन्वय गर्न आवश्यक छ । अन्यथा नयाँ ठेकेदार कम्पनी नियुक्त गर्नु र हाल सम्म सिएमसीले गरेको कामहरुकोबारेमा आयोजनाले प्रविधिक जानकारी नयाँ ठेकेदार कम्पनीलाई गराई बाँकी काम सम्पन्न गर्नु हो । सरकारले तत्काल समस्या समाधान गरेर काम अगाडी बढाउने हो भने बाँकी काम सम्पन्न गर्न ३० करोड रुपैयाँ बजेटले पुग्ने देखिन्छ ।