Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९मा, ४० प्रतिशत लाभांशको प्रस्ताव

इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९मा, ४० प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, ३ पुस । नेपाल इन्भेष्टमेनट बैंकले आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ५ सय २ औं संचालक समितिको बैंठकले प्रतिसेयर २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको ३२ औं वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गर्ने जनाएको छ । यसका साथै बैंकले आफ्नो बार्षिक साधारण सभामा बैंकले अन्य कुनै बैंक तथा वित्तिय संस्थालाई मर्जर तथा प्राप्ती गर्ने भएमा त्यसको सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने, लेखापरिक्षण्क नियुत्ती, लगायत अन्य प्रस्ताव पनि पेश गर्ने भएको छ । बैंकले यही पुस २९ गते राष्ट्रिय सभागृहमा ३२ औं बार्षिक साधारण सभा गर्नेछ ।

बैंक हाल १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ चुक्तपुँजी रहेको छ । प्रस्तावित बोनश सेयर पश्चात बैंकको चुक्तापुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार चुक्तापुँजी पुग्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *