Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

मुक्तिनाथ विकास बैंकको २ सय १५ औं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकको २ सय १५ औं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, ३ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल नारा सहित २ सय १५ औ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा बैंकले वित्तिय साक्षारता कार्यक्रम संचालन गरेको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोगबारे जानकारी गराइएको थियो ।

बैंकले हालसम्म २ सय १५ स्थानमा करिब ४० हजार जना स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *