Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

निरन्तर दुई दिन बढेको बजार आज दोहोरो अंकले घट्यो

निरन्तर दुई दिन बढेको बजार आज दोहोरो अंकले घट्यो

काठमाडौं, ३ पुस । निरन्तर दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले नै घटेकोे छ । साताको तेस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक १४.६१ अंकले घटेर १,१६८.१७ विन्दुमा कारोबार बन्द भएको छ ।

आज कुल १ सय ५९ कम्पनीको १४,७८,७२४ कित्ता सेयर खरिद बिक्री हुँदा ५३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । परिसुचक घटेपनि कारोबार रुकममा वृद्धि भएको छ । सो दिन सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयर किनबेच भएको छ । बैंकको आज ५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै सबै भन्दा बढी कमाउनेमा समिट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा विजया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ७.३७ प्रतिशतले घटेको छ । नेप्सेमा सुचिकृत १० वटा कम्पनीहरु मध्ये उत्पादन तथा प्रशोधन समुह र अन्य समुहको परिसुचक बढेको छ भने बाँकी ८ वटा समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x