Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा रावल

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा रावल

काठमाडौं, ३ पुस । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको १२ औं अधिवेशनबाट रावतले आफ्ना निकटतम् प्रतिद्वन्द्वी प्रकाश उप्रेतीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएक हुन ।

सोमवार सम्पन्न निर्वाचनमा रावतले ८ सय १० मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी उप्रेतीको ७ सय ९३ मत आएको थियो । रावत लोकतान्त्रिक व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार थिए भने उप्रेती संयुक्त व्यवसायी समूहको प्यानलबाट अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका थिए ।

दुईवर्षे कार्यकालमा लागि भएको  निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा हर्ष विक्रम खड्का, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत, महिला उपाध्यक्षमा कृष्णकुमारी थापा, महासचिवमा लक्ष्मण कँडेल, कोषाध्यक्षमा भद्र भण्डारी र सचिवमा रामप्रसाद पाण्डे विजयी भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा रामप्रसाद जैसी , प्रेमप्रसाद पाण्डे, रमेश बराल, जनकबहादुर थापा, कपिलमणि सुवेदी,  हरिकुमार श्रेष्ठ, सिंहराज बम, तेजप्रसाद तिवारी, प्रेमबहादुर रावत, रामबहादुर गौतम, दिपक खड्का र भिमप्रसाद पौडेलले विजयी भएको निर्वाचन समितिले बताएको छ । महिला सदस्यमा टीकाकुमारी कंडेल र लक्ष्मी कार्की विजयी भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x