Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मेलम्ची आयोजना सरकार आफैले अगाढी बढाउने, प्रावधिक प्रतिवेदन तयार पार्न निर्देशन  

मेलम्ची आयोजना सरकार आफैले अगाढी बढाउने, प्रावधिक प्रतिवेदन तयार पार्न निर्देशन   

काठमाडाैं,४ पुस ।  मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीले बिचैमा काम छाडेपछि सरकार आफैले आयोजालाइ तोकिएको समयमा नै सम्पन्न गर्ने गरी काम अगाडी बढाउने भएको छ । आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा अब के कति काम बाकी छ त्यसको प्रविधि विश्लेषण सहितको प्रतिवेदन तयार गर्न खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको सुरुङ्गको प्राविधिक विश्लेषण सहितको प्रतिवेदन एक हप्ताभित्र तयार पार्न परामर्शदाता कम्पनी इप्टिसालाई निर्देशन दिइसकेको छ । ईटालियन ठेकेदार कम्पनी सिएमसिलेले धरौटीबापत राखेको रकम जफत गरेर भएपनि कार्यतालिका प्रभावित नहुने गरी जुनसुकै हालतमा आयोजना अघि बढाउने निश्कर्षमा सरकार पुगेको हो । ठेकेदारले धरौटीबापत् करिब ढेड दुइ अर्ब रूपैयाँ राखेको छ । बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न लागि करिब ३० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । यस बीचमा ठेकेदार कम्पनीसँग पटक पटक छलफलमा रहेपनि कम्पनीले पुन काम थाल्ने संभावना नदेखिपछि खानेपानि मन्त्रालयले आफ्नै ढंगबाट काम अगाडी बढाउन सरोकारवाला पक्षसँग एव विज्ञहरुसँग परामर्शमा गरिरहेको छ ।

आयोजनाले ठेकेदार कम्पनीलाई ४० करोड रुपैयाँ भुत्तानी गर्ने बाकी रहेको थियो । ठेकेदार कम्पनीलाई आयोजनाले भुक्तानी गर्ने बाँकी रहेको रकम निमार्ण कार्य सम्पन्न भएपछि प्रतिबद्धता गरेको थियो । अन्तराष्ट्रिय ठेक्का सम्झौता ऐनमा पनि ठेकेदार कम्पनीले भुक्तानी नपाए बाँकी भुक्तानीको ब्याज लिन पाउने तर ठेक्का सम्झौता तोड्न नमिल्लने उल्लेख गरिएको छ । अब भने आयोजनाले इटालीयन कम्पनी सिएमसीलाई अदालती मुद्धा तथा अर्जना तिराउने आयोजना प्रमुख सुर्यराज कडेँलले बताए । आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्नका लागि अहिले करिब २५ करोड रुपियाँ भए उनले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजना बारे विसं २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । चिनियाँ कम्पनीसँग २०६९ असोज ९ गते निर्माण सम्झौता भङ्ग भएपछि नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले इटालीको सिएमसी कम्पनीसँग २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको हो । मेलम्ची खानेपानी विकास समिति र सिएमसी कम्पनीबीच ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार ३४२ प्रारम्भिक निर्माण सम्झौता भएको थियो । सम्झौतामा सिएमसीले ३६ महिना भित्र निमार्ण कार्य सम्पन्न गरि सक्नु पर्ने उल्लेख गरिएको छ ।

ठेकेदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनालाई केही दिनअघि  सम्झौता रद्द गर्ने सूचना दिएको थियो । तर, आयोजनाले भने एकतर्फी रूपमा ठेक्का रद्द नहुने भन्दै कम्पनीलाई समयमा काम सक्न निर्देशन दियो । उक्त निर्देशन बेवास्ता गर्दै कम्पनीका प्रतिनिधि र कर्मचारीहरूले नेपाल छाड्ने तयारी गरेपछि गत आइतबार सरकारले  ठेकदार कर्मचारीहरुलाई विदेश जान रोक लगाउदै अध्यागमन विभागको निगरानीमा राखेको छ । आयोजनासँग सम्वन्धित प्राविधिक पक्ष लगायतका मत्वपूर्ण कामहरु सम्पन्न भइसकेका छन भने आयोजनामा भेन्टिलेशन साफट, हेड वक्स अडिट टनेल गेट र सेन्सर क्यामाराका केही काम मात्र बाकि छन् । राष्ट्रिय गौरवको आयोजनका रुपमा परिचित मेलम्ची खानेपानि आयोजना दुइदशक पुरानो राष्ट्रिय आयोजना हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x