Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

एन आई सी एशियाको २१ औ साधरण सभा सम्पन्न

एन आई सी एशियाको २१ औ साधरण सभा सम्पन्न

काठमाडौं ४ पुस ।   एन आई सी एशिया बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ  । साधारण सभाले आ. व. २०७४÷०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४÷७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एन आई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४÷७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५÷७६ को लागि श्री टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले रु ८०,३१,११,७०० बोनस शेयर वितरण गर्न र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात रु. ४,२२,६९,०३७ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी रु ८,०४,००,००,०००लाई वृद्धि गरि रु. ८,८४,००,००,००० बनाउन, साविक तत्काल  चुक्ता पूँजी रु. ८,०३,११,१६,९९८  लाई वृद्धि गरी रु. ८,८३,४२,२८,६९८ बनाउन स्वीकृत प्रदान गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x