Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोलीमर नोट छपाई प्रकरणमा रावल, पाँडे र पौड्याल विरुद्ध मुद्दा

पोलीमर नोट छपाई प्रकरणमा रावल, पाँडे र पौड्याल विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले नेपाल राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैँयाको ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको अभियोगमा तत्कालीन गभर्नर डा. तिलक बहादुर रावलसहित, कम्पनीका स्थानीय एजेण्ट हिमालय बहादुर पाँडे र केन्द्रीय बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्र केशरी पौड्याल विरुद्ध जनही करिब एक करोड रुपैँया विगो दाबीसहित मुद्दा दायर गरेको छ ।
यसका अतिरिक्त तत्कालीन गभर्नर रावललाई ६ वर्ष र बाँकी दुई लाई दुई दुई वर्ष जेल सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

नोट प्रिन्टिङ कम्पनी मे फ्लावर लिमिटेड अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी स्थानीय एजेन्ट हिमालय पाँडेमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएकोु भन्ने उजुरीका आधारमा आयोगले झण्डै १५ वर्ष पुरानो उजुरीमा अनुसन्धान टुंग्याएर मुद्दा दायर गरेको हो । अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ कम्पनीअष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ कम्पनी अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने जस्ता अनियमित काम भएको पाइएको छ । नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ कम्पनी मे फ्लावर लिमिटेड अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी पाँडे बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने गरेको अख्तियारले जनाएको छ । नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अष्ट्रेलियन डलर ६८ बाट अष्ट्रेलियन डलर ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ कम्पनी अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ । अभियुक्तहरुले आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको सप्रमाण पुष्टी हुन आएकोले संलग्न रावल, पाँडे र पौड्याललाई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x