Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

दाङ, ६ पुस । शैक्षिक भ्रमणमा गएको बस सल्यानबाट दाङको तुलसीपुर आउँदै  गर्दा भएको बस दुर्घटनामा परि १६ जनाको मृत्यु भएको । दुर्घटनामा  १३ पुरुष र ३ महिला गरि १६ जनाको घटना स्थलमा मृत्यु भएको हो । दाङ घोराहीको शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा परेको हो । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेका थिए । मृतकको सनाखत अझै नभएको प्रहरिले जनाएको छ । घाइते भएका मध्ये ५ जनालाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको र अरुको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको तुलसिपुरका प्रहरि नायब उपरिक्षक प्रेमवहादुर शाहीले जानकारी दिए ।

घाइते हुनेहरुमा जुम्ला जिल्ला तातोपानी गाउँपालीकाका हिमाली हमाल, जुम्लाकै चन्दनाथ गाउँपालीकाका केशेन्द्र खत्री र जिबन भण्डारी, घोराही उपमहानगरपालीका वडा नम्बर १५ का समिक्षा रोकाय, अछाम जिल्ला मंगलसेन नगरपालीकाका बिक्रम भण्डारी, रुकुमको त्रिबेणी गाउपालीकाका प्रेमवहादुर खड्का, घोराही उपमहानगरपालीका वडा नम्बर १९ का मेनुका रिजाल, रुकुमको सानोभेरी गाउपालीकाका रोजिना पुन रहेको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x