Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि विकास बैंकको सीईओमा उपाध्याय

कृषि विकास बैंकको सीईओमा उपाध्याय

काठमाडौं, ११ पुस । कृषि विकास बैंकको सीइओमा अनिल कुमार उपाध्याय नियुक्त भएका छन् । यस अघिका सीइओ लीलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ मा सकिएपछि उपाध्यायलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको छ । उपाध्याय चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।

सीइओका लागि आवेदन दिएका १७ जनाबाट छनोट गरेर उपाध्यायलाई जिम्मेवारी दिइएको छ । सीइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x