Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने

वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने

काठमाडौं १२ पुस । अब देखि ‘क’ वर्गका सवैं वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशनअनुसार बाणिज्य बैंकले आफ्नो ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी सहायक कम्पनी खोल्न पाउने व्यवस्था गरेको हो । बैकले सहायक कम्पनी स्थापना गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको अधिकतम दश प्रतिशतसम्म छुट दिइनेछ ।

सहायक कम्पनीले आफ्नो मातृ कम्पनीले जारी गरेको धितोपत्रको कारोवार गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । त्यस्ता कम्पनीको सुपरीवेक्षण र अनुगमन भने नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले गर्नेछ । बैंक तथा वित्तीय संस्थाले लामो समयदेखि सहायक कम्पनी स्थापना गर्न माग गर्दै आएका थिए ।

यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार सहायक कम्पनीले वित्तीय स्रोत सङ्कलन बिक्री गर्ने सुरक्षणपत्रमा मातृ बैंकले लगानी गर्न पाउने छैनन् । त्यस्तो सुरक्षणपत्रको धितोमा ऋणसमेत दिन पाइने छैन । हाल ‘क’ वर्गका वाणिज्य बैंकको सङ्ख्या २८ पुगेको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x