Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सार्वजनिक ऋण व्यवस्थापन अब छुट्टै कार्यालयबाट

सार्वजनिक ऋण व्यवस्थापन अब छुट्टै कार्यालयबाट

काठमाडौं, १२ पुस । सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यालय स्थापना गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार उक्त कार्यालयको उद्घाटन गरेका छन् । मन्त्रिपरिषद्ले गत असार २० मा उक्त कार्यालयको सांगठनिक संरचना स्वीकृत गरेको थियो ।
सार्वजनिक ऋण सम्बन्धी कार्य हालसम्म अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्बैंक लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा एकै निकायबाट उक्त कार्यहरु सम्पादन गर्नका लागिसार्वजनिक ऋण व्यवस्थापन कार्यालयको स्थापना भएको हो ।

हाल नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट् बैक मार्फत हुंदै आई रहेकोमा अब यस कार्यालयको स्थापना पश्चात कानूनी पुर्वाधार सहित आन्तरिक ऋणको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य यसै कार्यालयले गर्नेछ । नेपाल सरकारले लिएका वा उठाएका आन्तरिक तथा बैदेशिक ऋणको अभिलेख, भुक्तानी र लेखांकन गर्ने कार्य साथै नेपाल सरकारको आन्तरिक एवं बाह्य श्रोतबाट सार्वजनिक संस्थानहरुमा ऋण तथा सेयर लगानी गर्ने र लगानी तथा असुलीको ब्यवस्थापन गर्ने कार्य हाल महालेखा नियन्त्रक कार्यालयको ऋण तथा लगानी शाखाबाट हुदै आएकोमा आगामी दिनमा यस कार्यालयलेसम्पादन गर्नेछ । साथै अर्थ मन्त्रालय अन्तराष्ट्रिय सहायता समन्वय महाशाखा र आर्थिक निति बिश्लेषण महाशाखा वाट सम्पादित आन्तरिक तथा बाह्य ऋण सम्बन्धी आंशिक कार्यहरु समेत यस कार्यालयबाट सम्पादन हुदै जानेछ ।

कार्यालयले आन्तरिक ऋण उठाउने, अभिलेखिकरण गर्ने र त्यसको भुक्तानी दिने सम्बन्धि सम्पुर्ण काम गर्नेछ । यसका साथै ऋणपत्रको दोश्रो बजारको कारोबार व्यवस्थापन, सरकारी जमानतको अभिलेख व्यवस्थापन, जमानती कमिसन असुल गर्ने, जमानत सम्बन्धी सम्झौता हरु प्राप्त गरी अद्याबधिक गर्ने काम पनि यसै कार्यालयलाई सुम्पिएको छ ।

यस कार्यालयले आन्तरिक ऋण उठाउने सम्बन्धमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगलाई सुझाव गर्ने र आयोगबाट प्राप्त निर्देशन पालना गर्नुपर्नेछ । यसबाहेक बैदेशिक ऋणको अभिलेख, भुक्तानी र लेखांकन गर्ने कार्य र सो को तयारी सम्बन्धि सम्पूर्ण काम यसै कार्यालयबाट भएको छ । कार्यालयले सार्वजनिक ऋण तथा लगानीको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, आन्तरिक तथा बैदेशिक ऋण भुक्तानीका लागि बजेट तर्जुमा गर्ने काम गर्नेछ । कार्यालय उद्घाटन गर्दै अर्थ मन्त्री डा.युवराज खतिवडाबाट विकासका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापनका लागि आन्तरिक ऋण महत्वपुर्ण रहेको वताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x