नेपाली श्रमिक जापान लैजाने सम्वन्धमा संयन्त्र बनाइने

काठमाडौं १२ पुस । नेपाली श्रमिकका लागि जापानले रोजगारको बाटो खुला गरेसँगै कती जना नेपाली श्रमिक कसरी लैजाने भन्ने विषयमा दुइ देशका अधिकारी संलग्न रहने संयन्त्र निर्माण गरिने भएको छ । नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भइसकेको भएपनि अब श्रमिक लिँदा भने छुट्टै सम्झौता गरिने कसरी  नेपाली श्रमिक लैजाने भन्ने विषयमा संयन्त्र निर्माणका लागि जापानि अधिकरीहरको १ महिना भित्रै नेपाल आउने बताइएको छ ।

जापान सरकारले मङ्गलबार गरेको निर्णय अनुसार नेपालसहित विभिन्न नौवटा देशबाट पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिए पनि नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुग्गो  नलागनेको श्रम सचिव महेशप्रसाद दाहाले जानाकरी दिए।  दाहालका अनुशार जनावरीभित्र जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली श्रमिकलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अगाडि बढ्ने र सोही समयमा सङ्ख्याको समेत टुङ्गो लाग्ने छ ।

सचिव दाहालले जापानले नेपाली श्रमिकलाई पनि लिने निर्णय गरेसँगै नेपाली श्रमिकलाई बढीभन्दा बढी अवसर दिने गृहकार्यमा मन्त्रालय जुटेको बताए। जापान मन्त्रिपरिषद्को मङ्गलबार बैठकले विदेशी श्रमिक सम्बन्धी १२६ बुँदे देशका श्रमिक लैजाने निर्णय गर्दै नेपाली आप्रवासी श्रमिकको सहजीकरणको निम्ति नेपाली भाषा जानेको व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने जनाइएको छ ।

जापान कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन व्यवसायमा नेपाल, चीन, इण्डोनेसिया लगायतका नौ देशका दक्ष नागरिकलाई अवसर निर्णय गरेको हो ।

जापान सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विदेशी श्रमिकले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । जसअन्तर्गत नर्सिङ, केयरगिभर, होटल, निर्माण, कृषिलगायतका क्षेत्रमा विदेशी श्रमिक माग भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

जापानले १ सय २६ वटा सर्त राखेको भएपनि भाषामा भने लचक देखिएको छ । भाषाका कारण आउन सक्ने समस्यालाइ ध्यानमा राखी जापान भरी १ सय वटा सेवा केन्द्र स्थापना गरिसकिएको छ । ती सवै सेवा केन्द्रमा नेपालीभाषी सहजकर्ताको व्यवस्था गर्ने जानकारी आएको पनि श्रम मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *