नेपाल भ्रमण वर्षको तयारीका लागि कार्ययोजना निर्माण गरिने
काठमाडौं, १२ पुस । नेपाल पर्यटन वर्ष २०२० को कार्यक्रम कार्यान्वयन उपसमितिको पहिलो बैठकले भ्रमण वर्षको कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा भ्रमण वर्षका अध्यक्ष रवीन्द्र अधिकारीले भ्रमण वर्षको कामलाई योजनाबद्ध रूपमा अघि बढाउन निर्देशन दिएका थिए ।
पर्यटन वर्षका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन र अन्य प्रवद्र्धनका काम समेत सँगसँगै सञ्चालन गर्न उनले जोड दिए । पहिलो बैठक भएका कारण काम र सदस्यको भूमिकाका बारेमा छलफल भएको बताइएको छ । उपसमितिले पूर्णता पाएकोले अब योजनाबद्ध रूपमा भ्रमण वर्षका काम अघि बढाइने छ ।