सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा पुस ३० मा, ९.४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव
काठमाडौं, १२ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले ९.४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। उक्त प्रस्ताव बैंकको पुस ३० मा हुने चौधौ वार्षिक साधारण सभामा पेश गरिने छ ।
बैंकले गत वर्षको नाफाबाट ४५ बोनस र ५.४५५ प्रतिशत नगद वितरण गर्न लागेको हो । सांग्रिलाले बोनसमा १० करोड २ लाख ५५ हजार रुपैयाँ र नगदमा १३ करोड ६६ लाख ४१ हजार रुपैयाँ खर्च गर्नेछ ।
त्यस्तै संस्थापक एवं सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३–३ जना सञ्चालकको निर्वाचन गर्ने पनि एजेन्डा छ । बोनस वितरण पछि बैंकको चुक्ता पुँजी बृद्धि हुने हुँदा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।