Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ज्योति विकास बैंकका ग्राहक र कर्मचारीले चिरायु हस्पिटलमा उपचार गर्दा छुट पाउने

ज्योति विकास बैंकका ग्राहक र कर्मचारीले चिरायु हस्पिटलमा उपचार गर्दा छुट पाउने

काठमाडौं, १२ पुस । ज्योति विकास बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारीले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र कर्मचारीहरुले परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x