मेयरले सफाइ पाउँदा नगरपालिकमा सार्वजनिक विदा

काठमाडौं, १५ पुस । विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले जन्मकैदको सजाय पाएपछि सर्वोच्च अदालत पुगेका नेकपा नेता तथा रौतहट कटहरिया नगरपालिका मेयर सियाराम कुश्वाहलाई शुक्रबार सर्वोच्व अदालतले सफाइ दिएपछि खुसियालीमा नगरपालिका विदा दिइएको छ । कुश्वाहले सफाइ पाएकोमा उनलाइ स्वागत र सम्मानकै लागि भन्दै नगरपालिमा विदा दिइएको हो। नगरपालिकाका प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाद्धले एक सुचना जारी गर्दै नगरपालिका मातहतका वडा कार्यालय सामुदायिक विद्यालय विदा रहेने जानकारी गराएका छन् ।
विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि कुश्वाह जेल परेका थिए । उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि सिआइवीको टोलीले गत बैसाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो ।