सिन्धुलीमा प्रदेश स्तरीय महोत्सव, स्थानीय उत्पादनहरु बिक्री एवं प्रर्दशनीमा

काठमाडौं, १५ पुस । सिन्धुलीमा प्रदेश स्तरीय महोत्सव चलिरहेको छ । सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गते देखि सुरु भएको महोत्सव पुस २२ गते सम्म चल्ने छ ।
महोत्सवको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनेको भन्दै स्थानीय उत्पादनको बृद्धिमा जोड दिएका थिए ।

त्यस्तै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

महोत्सवमा उत्पादित वस्तुहरुको प्रचार–प्रसार एवं विक्री, सम्भावित खानी, उद्योग, जलश्रोत पर्यटन आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार, स्वदेशी उत्पादन तथा सेवाहरुबारे उपभोक्ताहरुलाई जानकारी, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक लगायतका अन्य पक्षहरुको प्रचार प्रसार गर्न महोत्सवले सहयोग गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा २ सय ५० वटा स्टलहरु राखिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *