गुल्मीको रिडी बजारमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा
काठमाडौ, १६ पुस । राष्ट्रिय वाणिज्य बैकले गुल्मीको रिडी बजारमा आफ्नो नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । ग्रामिण भेगमा आधुनिक बैंकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले बैंकले आफ्नो २१० औं शाखा रिडी बजारमा संचालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरेका छन् । सो अवसरमा मन्त्री ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसंग कारोबार गर्न अनुरोध गरेका छन् ।
यसैगरि बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तीय पहुंच विस्तार गरिने बताए ।
हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ भने बैंकको १ खर्व ८० अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २८ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।