Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

नेपाल इन्भेष्टमेण्ट बैंकको भिसा कार्ड लोयल्टी योजना

नेपाल इन्भेष्टमेण्ट बैंकको भिसा कार्ड लोयल्टी योजना

काठमाडौं, १६ पुस । नयाँ वर्ष २०१९ को शुुभारम्भसंगै नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकको भिसा कार्ड लोयल्टी योजना २०१९ सार्वजानीक गरेको छ । बैंक तथा बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सनडे फनडे र वाह् ओईनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्बजनिक भएको हो ।


सार्वजानीक २ योजना अन्तर्गत सनडे फनडेमा सम्वन्धीत बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार देशभरका पोसहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५% वा अधिकतम रु ५०० सम्म नगद फिर्ता हुनेछ । यसका साथै वाह् ओईनस्डे योजना अन्तर्गत सम्बन्धीत सबै बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुुपरमार्केटका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम ७ सय ५० रुपैयाँ सम्म गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।


उक्त योजनाबाट सेन्चुरी बंैक,गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक बैंक, राष्ट्रिय वाणिज्य बैंक बैंक, सानिमा बैंक बैंक, सहयोगी विकास बैंक बैंक, र युुनाईटेड फाईनान्स लि.का भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x