Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सहुलियत कर्जाका लागि सरकारी बैंकमै कम आवेदन

सहुलियत कर्जाका लागि सरकारी बैंकमै कम आवेदन

सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैकमा विना धितोको सहुलियतपुर्ण कर्जाका लागि जम्मा ६५ जानको मात्र आवेदन परेको छ । सरकारले घोषणा गरेको विना धितोको सहुलियतपुर्ण कर्जाका लागि सवै भन्दा सस्तो ब्याज लिने मानिएको सरकारी बैंकमै जम्मा ६५ जनाको निवेदन पर्नुले कार्यक्रम प्रतिको आकर्षण वा यस विषयमा सचेतना कम भएको देखाएको छ । ऋण उपयोग प्रस्तावका सम्वन्धमा जानकारी नहुँदा निवेदन कम परेको बताइएको छ । वैकले उपलव्ध गराउने सहुलियत कर्जाको सात मध्ये ६ वटाको व्याजदर करिव साँढे तिन प्रतिशत रहेको छ । महिला उद्यमशिलता कर्जाको व्याजदर भने साँढे २ प्रतिशत रहेको बैकले जनाएको छ  ।

सरकारले वैदेशिक रोजगारमा गएर फर्किएका र स्वरोगार बन्न चाहनेहरुका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटेको थियो । व्यवसायिक कृषि कर्जामा वढीमा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जामा बढीमा ७ लाख, वैदेशिक रोजगारी कर्जामा बढीमा १० लाख, महिला उद्यमशिलता कर्जामा बढीमा १५ लाख, दलित समुदाय व्यवसाय कर्जामा बढीमा १० लाख, उच्च प्राविधिक शिक्षमा बढीमा ५ लाख र भुकम्प पिडित निजी आवाश निर्माणमा वढीमा ३ लाख रुपैयाँ कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । १० लाख रुपैयाँ सम्मको लागि ऋण उपयोग प्रस्ताव मात्र भए पुग्ने र १० लाख भन्दा माथिको ऋणको लागि विस्तृत ऋण परियोजना प्रस्ताव चाहिने वैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x