Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटन बर्ष २०२० सफल पार्न सामुहिक प्रयास आवश्यक – मन्त्री अधिकारी

पर्यटन बर्ष २०२० सफल पार्न सामुहिक प्रयास आवश्यक – मन्त्री अधिकारी

काठमाडौं,१६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले पर्यटन बर्ष २०२० को सफल्ताका लागि सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । बोर्डको २०औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भ्रमण  वर्षकालागि थप १० लाख पर्यटक नेपाल ल्याउनु पर्ने भएकोले सबैको सामुहिक प्रयास आवश्यक भएको बताउनु भएको हो  । सन् २०१८ मा हालसम्मकै धेरै पर्यटक नेपाल भ्रमणमा आएका भन्दै थप १० भ्रमण बर्ष सफल पार्न थप १० लाख पर्यटक नेपाल ल्याउनु पर्ने बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी महिनाको यो वर्ष करिव ११ लाख पर्यटकले नेपालको भ्रमण गरेका छन् । २०१८ को डिसेम्वर २९ तारिख सम्ममा १० लाख ९७ हजार ५२३ पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको हो । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउदै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा भ्रमण वर्षको पुर्व संन्ध्यामा झण्डै ११ लाख  पर्यटक नेपाल  भ्रमणमा आउनु सुखद संकेत भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x