Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बढ्दो परनिर्भरता ९४ प्रतिशत निर्यात अर्थतन्त्रमा निर्भर

बढ्दो परनिर्भरता ९४ प्रतिशत निर्यात अर्थतन्त्रमा निर्भर

काठमाडौं,१७ पुस । नेपालको अर्थतन्त्रको परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कले निर्यातको तुलनामा आयातको मात्रा बढदै गएको देखाएको हो । केन्द्रकाअनुसार कूल व्यापारमा निकासीको मात्रा पाँच दशमलव आठ प्रतिशत छ भने आयात ९४ दशमलव दुई प्रतिशत छ । जस अनुशार नेपालले छ रुपैयाँ बराबरको सामान निर्यात गर्दा रु ९४ बराबरको आयात गर्दै आएको छ ।

चालू आवको पाँच महीनाको अवधिमा कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ४४ अर्ब ५० करोड पुगेको छ । पाँच महीनाको अवधिमा कूल निर्यात १२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु ३७ अर्ब ५० करोड हुँदा आयात भने ३३ दशमलव आठ प्रतिशतले बढेर रु छ खर्ब सात अर्ब पुगेको छ । आव २०७४÷७५ को पाँच महीनाको अवधिमा निर्यात र आयात व्यापारको अनुपातमा समेत उच्च वृद्धि भएको  तथ्याङ्कले देखाएको छ । यस अवधिमा कृषिजन्य वस्तुको आयातमा मात्र १४ प्रतिशतले वृद्धि भएको छ । नेपालको निर्यात व्यापारमा सवै भन्दा बढी ब्यापर घाटा भारत सँग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x